संवैधानिक परिषदको बैठक बालुवाटारमा

कठमाडौं- संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा शुरु भएको छ ।

बैठकमा संवैधानिक निकायमा रिक्त पदमा पदपूर्ति लगायतको विषयमा छलफल हुने बताइएकाे छ ।

परिषद्काे सदस्य विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्निप्रसाद सापकाेटाले यसअघि नै उपस्थित नहुने बताएपछि बैठक हुने नहुनेमा अन्याैल थियाे ।

बैठकमा प्रधानमन्त्रीसहित  प्रधान न्यायाधीश चाेलेन्द्र शम्शेर जवरा तथा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना उपस्थित हुनुहुन्छ ।

संबैधानिक परिषदको बैठक नवस्न प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विज्ञप्तीमार्फत सचेत गराउनुभएको थियो ।

त्यसो त नेकपा एमालेकै  बरिष्ठ नेता माधवकुमार नेपालले पनि संवैधानिक परिषदको बैठक बसेर नियुक्तिहरु नगर्न सामाजिक संजालमार्फत सरकारको ध्यान आकृष्ट गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.