प्रधानमन्त्रीले भोलि विश्वासको मत लिने

राजनीतिक भेटघाट बाक्लिँदै

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।

यसअघि सत्ता साझेदारी दल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको हो । यसका लागि उहाँले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रसका नेताहरुलाई भेटेर सहयोगको आग्रह गर्नुभएको थियो तर काँग्रेस सभापति शेरवहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने प्रष्ट पार्नुभएको थियो ।

त्यसो त नेपाली काँग्रेस संसदीय दलले हिजो मात्र बैठक बसेर विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

नेकपा एमाले भित्रपनि आपसी विवाद कायम रहेको अवस्थामा प्रधानमन्त्रीले अर्को राजनीतिक दल जनता समाजवादी पार्टीलाई समेत विश्वासको मत दिन आग्रह गर्नुभएको छ । तर जसपाले भने अझै आधिकारिक निर्णय गरेको छैन ।

यता एमाले माधव नेपाल र झलनाथ खनाल समूहले समेत प्रधानमन्त्रीलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा कुनै निर्णय लिन नसकेको अवस्था छ  । यसै विषयमा टुंगो लगाउन नेपाल-खनाल समूहको स्थायी समितिको बैठक आज बस्न लागेको नेताहरुले जानकारी दिएका छन ।

उता प्रधानमन्त्री निवास वालुवाटारमा संवैधानिक परिषदको बैठक अहिले जारी छ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्नीप्रसाद सापकोटा अनुपस्थित हुनु भएको छ भने प्रधानन्यायधिश चोलेन्द्र शमशेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना भने बैठकमा उपस्थित हुनुहुन्छ । सैंवैधानिक परिषदमा उपसभामुख रहने प्रावधान रहेपनि सो पद खाली छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.