देउवासँग जसपाका नेताहरु ठाकुर र महतोबीचको भेट सकियो, विश्वासको मतमा तटस्थ बस्ने जसपाको तयारी
काठमाडौँ- जनता समाजवादी पार्टीका केन्द्रीय समितिका अध्यक्ष महन्थ ठाकुर र जसपा नेता राजेन्द्र महतोबीच आज काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको भेट सम्पन्न भएको छ ।
भेटमा सत्तारूढ नेकपा एमालेका माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिए जसपा तटस्थ बस्ने निष्कर्ष निकालिएको जसपाका नेता डा. सुरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले २७ गते आव्हान गरिएको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने र अविश्वासको प्रस्ताव पनि नसार्ने सङ्केत गरेसँगै आफूहरु पनि तटस्थ बस्ने नेता झा बताउनुहुन्छ ।
एमाले एक ढिक्का भएन भने पनि अर्को गठबन्धन नबन्ने समभावना बढ्यो, उहाँले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।। (गोरखापत्रअनलाइनबाट)
प्रतिक्रिया राख्नुहोस्