प्रधानमन्त्रीमाथि राखिएको विश्वासको प्रस्तावमा प्रतिनिधिसभामा आज मतदान हुँदै

काठमाडौं- प्रतिनिधिसभाको आज बस्ने विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राखिएको विश्वासको प्रस्तावमा मतदान हुने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रयोजनका लागि बिशेष अधिवेशन आव्हान गरिएको हो । दिउँसो १ बजे बस्ने बैठकमा सांसदहरुले मत विभाजन प्रकृयाद्वारा मतदान गर्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले गरेको छ ।

कोरोना संक्रमित सांसदहरुले पनि प्रतिनिधि सभाको विशेष अधिवेशनमा मतदान गर्न पाउने निर्णय गरिएको संसद सचिवालयले जनाएको छ । संसद अधिवेशनअघि गरिएको परीक्षणमा कम्तीमा २८ जना सांसदलाइ कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण भएका सांसदलाई बाहिर राख्ने र मतदानको बेला भित्र प्रवेश दिने र छुट्टै कोठामा मतदान गर्ने व्यवस्था मिलाउने निर्णय भएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सहभागी नेताहरुले जानकारी दिनुभएको छ ।

२७५ सदस्य रहेको प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत पाउन कम्तिमा १३६ जना सांसदको समर्थन प्राप्त गर्नु पर्ने छ ।

प्रतिनिधिसभामा नेकपा एमालेका १२१ , नेपाली कांग्रेसका ६१ र जनता समाजवादीका ३२ जना सांसद छन् । त्यस्तै नेमकिपा, जनमोर्चा , राप्रपा र स्वतन्त्र गरी ५ जना सांसद पनि प्रतिनिधिसभामा रहेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.