संसदमा प्रमुख प्रतिपक्षी दलका नेता देउवाको सम्बोधन: राजनीतिमा यो अवस्था आउनुमा प्रधानमन्त्री नै जिम्मेवार

काठमाडौं-  प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्रीले विश्वासको मत दिन आव्हान गरेलगत्तै प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवाले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्नुभएको छ ।

नेता देउवाले  नेपालको संविधान समावेशी चरित्र बोकेको र यसको निर्माणमा धेरै मानिसहरुको योगदान रहेको स्मरण गर्नुभयो ।

उहाँले हाम्रा राजनीतिक गतिविधिहरु देश र जनताको हितका लागि छन कि छैनन भन्ने प्रश्न यतिखेर उठेको भन्दै सरकारको कार्य संचालनको विरोध गर्नुभएको थियो

नेपाली काँग्रेस सभापतिसमेत रहनुभएका देउवाले पाँच वर्षको लागि जनताले दिएको अभिमतलाई फेरि विश्वासको मत लिनुपर्ने अवस्थामा ल्याउन को जिम्मेवार छ भनी प्रश्न गर्नुभयो ।

उहाँले नेपाली काँग्रेसले सरकारको कामलाई प्रतिपक्षीले कहिल्यै असहयोग नगरेको बताउनुभयो ।

वर्तमान अवस्था श्रृजना हुनुमा प्रधानमन्त्री बढी दोषी रहनुभएको नेता देउवाको भनाइ थियो ।

कोरोनाको महामारीको अवस्थामा पनि सरकार उदासिन रहेको र सरकारी वेवास्ताका कारण अहिलेको अवस्था श्रृजना भएको नेता देउवाले उल्लेख गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.