उपत्यकामा १५ दिन निषेधाज्ञा थप गर्न सिफारिस

काठमाडौं– काठमाडौँ उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न जिल्लास्थित कोभिड (१९ सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार सिफारिसका विषयमा आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको सहभागितामा हुने बैठकले आवश्यक निर्णय लिने छ । पछिल्लो समयमा मुलुकभर कोभिड(१९ सङ्क्रमण बढ्दै जाँदा उपत्यका थप प्रभावित हुँदै गएकाले निषेधाज्ञा लम्ब्याउनुपर्ने आवश्यकता देखिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।

यसअघि वैशाख १६ गतेदेखि लागू हुने गरी उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.