काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १३ गतेसम्म लम्बियो

काठमाडौं- काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा थप १५ दिन थपिएको छ ।

आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।

जारी निषेधाज्ञा जेठ १३ गते राति १२ बजेसम्म थप भएको छ ।

त्यस्तै बैठकले निर्माण सामग्री दिउँसोमा ल्याउन नपाइने निर्णय गरेको छ । बैठकले विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पार्टी प्यालेसमा गर्न रोक लगाएको छ ।

विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम घरमा गर्दा पनि १० जनाभन्दा  बढी सहभागी हुन नपाइने निर्णय गरेको भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.