महालक्ष्मी नगरपालिकाद्वारा ‘कोभिड हाइकेयर युनिट’ सञ्चालन

ललितपुर- महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित केयर एण्ड क्यूर मल्टिस्पेस्लिष्ट हस्पिटलबाट महालक्ष्मी नगरपालिकाका कोभिड- १९ का गम्भीर प्रकृतिका कोभिड- १९ संक्रमितहरूको उपचारार्थ ‘कोभिड हाइकेयर आइसोलेसन युनिट’ सञ्चालनमा आएको छ ।

नगरपालिका र केयर एण्ड क्युर हस्पिटलबीच कोभिड हाई केयर युनिट सञ्चालनका लागि वैशाख २३ गते सम्झौता भएको थियो । सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख रामेश्वर श्रेष्ठ र केयर एण्ड क्युर अस्पतालको तर्फबाट डा प्रेम देवानले हस्ताक्षर गर्नु भएको छ। सम्झौता अनुसार केयर एण्ड क्यूर मल्टीस्पेशलिष्ट हस्पिटलबाट महालक्ष्मी नगरपालिका भित्रका कोभिड- १९ का बिरामीहरूलाई अक्सिजन थेरापी सहितको केयर सर्भिस उपलब्ध गराउने छ । सम्झौता बमोजिम सेवा प्रदान गरे वापत अस्पतालले नेपाल सरकारको निर्णय बमोजिमको शुल्क अस्पतालले शोधभर्ना पाउने छ ।

हाललाई कोभिड हाई केयर आइसोलेसन युनिटमा १० बेड सञ्चालनमा ल्याइएको छ र यसलाई क्रमश बढाइँदै लगिनेछ। नगर प्रमुख  रामेश्वर श्रेष्ठले विरामीको चाप अनुसार उक्त युनिटमा ३० बेडसम्म सञ्चालनमा ल्याइने बताउनुभयो । उहाँले अक्सिजन सपोर्ट आवश्यक पर्ने नगरभित्रका गम्भीर प्रकृतिका कोभिड १९ संक्रमितहरूलाई यो सेवाबाट राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

कोभिड हाइकेयर आइसोलेसन युनिट सञ्चालनमा आवश्यक सहयोग, समन्वय एवम् सुपरभिजनका लागि नगरपालिकाबाट मेडिकल अधिकृत डा. दिपेश उप्रेतीको संयोजकत्वमा स्वास्थ्य प्राविधिक टोली खटाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.