भारतमा फैलिएको नयाँ भेरियन्टको फैलावट तीब्रः विश्व स्वास्थ्य संगठन

नयाँ दिल्ली– भारतमा फेला परेको कोरोनाभाइरस (कोभिड–१९) को नयाँ स्वरुप (भेरिएन्ट) निकै सजिलोसँग फैलिन सक्ने देखिएको विश्व स्वास्थ्य संगठनका वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् ।
स्वास्थ्य संगठनले भाइरसको प्रारम्भिक अनुसन्धानका आधारमा यस नयाँ स्वरुपलाई निकै चिन्ताजनक भनी वर्गीकृत गरेको छ । भाइरसको नयाँ स्वरुपलाई डब्लुएचओले पहिला अन्य मुलुकमा समेत फैलिएका बेलायत, दक्षिण अफ्रिका र ब्राजिलका नयाँ स्वरुपका भाइरसकै कोटीमा राखेर अनुसन्धान अघि बढाएको छ । गत वर्ष तटीय महाराष्ट्र राज्यमा पहिलो पटक फेला परेको नयाँ संस्करणको कोरोनाभाइरस सर्भे गरिएका २७ राज्यमध्ये १९ मा फेला परेको छ ।
यसैबीच, बेलायतमा पहिलो पटक फेला परेको एउटा भेरिएन्ट भने ४५ दिनभित्र भारतमा घट्दोक्रममा देखिएको छ । यद्यपी पहिल्यै कोभिड–१९ संक्रमित भएका व्यक्तिलाई नयाँ भेरिएन्टले पुनः संक्रमित बनाइरहेको छ वा छैन भन्ने अनुसन्धान गर्नुपर्ने विज्ञहरुले बताएका छन् ।






प्रतिक्रिया राख्नुहोस्