अक्सिजन अभावको सामना गर्न स्वास्थ्य मन्त्रालयको वैकल्पिक उपाय

काठमाडौं- हाल देखिएको अक्सिजन अभावलाई कम गर्न वैकल्पिक उपायहरु अपनाउन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमितको जीवन रक्षाका लागि अक्सिजनको आपूर्ति सहज बनाउन मन्त्रालयले विभिन्न मुलुकबाट अक्सिजन सिलिण्डर ल्याउने लगायतका उपाय अपनाउन लागेको हो ।

दैनिक सिलिण्डरको अभावलाई कम गर्नकालागि नेपाल सरकारले चीन लगायत मित्रराष्ट्रहरुबाट अक्सिजन सिलिण्डर ल्याउने काम समेत शुरु गरेको हो । साथै विभिन्न उद्योगहरुमा रहेका सिलीण्डर समेत स्वास्थ्य सेवामा लगाउन थालिएको छ ।

अक्सजन उत्पादक उद्योगीहरु भने विगतमा २ शिफ्ट र करिब ६५ प्रतिशत क्षमतामा उद्योग सञ्चालन हुने गरेकोमा अहिले तीन शिफ्ट र पूर्ण क्षमतामा सञ्चालन भैरहेको बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उद्योगको क्षमता बढाउन तथा वैकल्पीक उपायबाट अक्सीजन उत्पादन गर्ने सम्बन्धमा काम भैरहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.