एमालेका चार नेतामाथिको कारबाही फुकुवा

पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार बैठकले अध्यक्ष ओलीलाई

काठमाडौं– नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही फुकुवा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूसालको कारबाही फुकुवा गरेको हो । एमालेले चार नेतालाई गत चैत तेस्रो साता ६ महिनाका लागि निलम्बन गरेको थियो ।

कारबाही फुकुवा गर्ने एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव बैठकले अनुमोदन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार बैठकले अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.