माओवादी केन्द्र स्थायी कमिटी बैठकः वैकल्पिक सरकार बनाउन असफल भएको निष्कर्ष

विपक्षी दलहरुले राष्ट्रपतिसँग नयाँ सरकार दाबी नगर्ने

काठमाडौं– नयाँ सरकार बनाउन कसरत गरिरहेको नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार बनाउन असफल भएको निष्कर्ष निकालेको छ ।

जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षको असहयोगका कारण नयाँ सरकार सम्भव नभएको माओवादी केन्द्रको निष्कर्ष छ । बिहीबार साँझ पार्टी पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जसपाको ठाकुर समूह र एमालेको माधव नेपाल समूह राजीनाबाट पछि हटेकाले नयाँ सरकार सम्भव नभएको बताउनुभएको थियो ।

राष्ट्रपतिले दिएको समयसीमा सकिने अन्तिम दिन माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नै निरन्तरता पाउने ठहर गरेको हो ।

बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार अध्यक्ष दाहालले विपक्षी दलहरुले राष्ट्रपतिसँग नयाँ सरकार दाबी नगर्ने बताउनुभएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.