नेपालमा कोरोना संक्रमण स्थिर हुँदै, निको हुने बढ्यो, मृत्यु दर उस्तै

काठमाडौं– नेपालमा कोरोना संक्रमण स्थिर हुँदै गएको छ । गएको २४ घण्टामा ८५२० जना संक्रमित भएका छन् ।

२१४७८ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८५२० जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ६१३५ जना निको भएका छन् ।

कोरोनाबाट मृत्यु हुने दर भने उस्तै छ । गएको २४ घण्टामा २०३ जनाको मृत्यु रेकर्ड थप भएको छ । यो नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेकासमेत जोडेर भएको हो ।

हालसम्म मृत्यु हुने ४६६९ जना पुगेको छ । नेपालमा निको हुने दर ७४ दशमलव ५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.