एमाले कार्यदलको नाम टुंग्याउने जिम्मा अध्यक्ष ओली र नेता नेपाललाई

काठमाडौं– नेकपा एमालेका दुईपक्षबीच भएको वार्ताले कार्यदलको नाम टुंगाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई जिम्मा दिएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएका छलफलमा दलमा देखिएको विवाद समाधान गर्नका लागि कार्यदल गठन गर्ने सहमति भएको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमालेका नेता भीमबहादुर रावलले एकता कायम राखी दललाई अगाडि बढाउन गम्भीर छलफल भएको बताउनुभयो । कार्यदलका सदस्यको नाम अध्यक्ष ओली र नेता नेपालले तय गर्नुहुने पनि उहाले बताउनु भयो । उहाँका अनुसार छलफल फेरि अगाडि बढाइने छ ।

छलफलमा पार्टी अध्यक्ष ओली, नेता नेपालसहित, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेता रावल, घनश्याम भूसाल, गोकर्ण विष्ट, रघुजीपन्तलगायतको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.