दोलखामा पनि निषेधाज्ञा
दोलखा– दोलखामा आजबाट १० दिनको लागि निषेधाज्ञा जारी गरेको छ ।
समुदाय स्तरमा नै कोरोनाको सक्रमण फैलिएपछि आजबाट निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । अत्यावश्यक सामग्री बोकेको ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधनमा पूर्ण रुपमा रोक लगाइएको छ ।
मुख्य ८ वटा बजार क्षेत्रका बजार पसल बिहान ८ बजेसम्म मात्र खोल्न पाउने निर्णय भएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजना र विकास निर्माणको लागि प्रयोग हुने सवारी साधन सम्बन्धित आयोजना प्रमुख वा कार्यलय प्रमुखले जारी गरेको पासको आधारमा सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र दोलखाले जनाएको छ ।
दोलखामा सक्रिय संक्रमितको सङख्या ४५ रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्