कर्णाली राजमार्गको सियालामा जिप दुर्घटना, दुई जनाको मृत्यु
दैलेख- जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा २० च ७१५ नम्बरको जिप कर्णाली राजमार्गमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दुल्लु नगरपालिका-३ स्थित कर्णाली राजमार्गको सियालामा जिप दुर्घटनामा परी जुम्लाको गुटिचौर गाउँपालिका–४ का जिप चालक ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया लक्ष्मी न्यौपानेको घटनास्थलमै मृत्यु भएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिनुभएको छ ।
मंगलबार बिहान साढे ६ बजे ब्रेक फेल भई जिप कर्णाली राजमार्गबाट करिव ५०० मिटर तल भिरमा खसेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते यी दुई जनाको उद्धारकै क्रममा मृत्यु भएको र घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरिएको दैलेखका प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
दुर्घटना लगतै उद्धारका लागि पाल्तडाबाट प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ ।
निषेधाज्ञाको बेला कुन प्रयोजनका लागि जिप सुर्खेत जाँदै गरेको भन्ने बारेमा जुम्लासँग समन्वय भएको दैलेख प्रहरीले जानकारी दिएको छ ।।
प्रतिक्रिया राख्नुहोस्