संकलन गरेको एक हप्तासम्म आउँदैन गोरखामा स्वाबको नतिजा

गोरखा- गोरखामा आजसम्म तीन हजार चार सय ९१ जनाको स्वाब संकलन गरेकोमा महिला ८७८ र पुरुष १०८५ रहेका छन् ।

तीन हजार चार सय ९१ जनाको मध्ये १९६२ जनाको मात्र रिपोर्ट प्राप्त भएको छ । जसमध्ये जिल्ला भित्र र बाहिर गरी ७९४ जना संक्रमित रहेको यहाँ आजसम्म एकसय ५६ जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

गोरखा जिल्लामा भएका नौ वटा गाउँपालिका र दुई नगरपालिकामा अझै पनि एक हजार पाँच सय २८ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको महामारी फोकल पर्सन नारायण अर्यालले जानकारी दिए ।

हाल गोरखामा ४१६ जना मात्र सक्रिय संक्रमित रहेका अर्यालले बताए । गोरखा घर भई जिल्लाभित्र र बाहिर गरी १४ जनाको मृत्यू भएको कार्यालयले जनाएको छ ।

त्यस्तै गोरखा जिल्लाभित्र संक्रमित भएर मृत्यु हुनेको संख्या ६ रहेको छ भने जिल्लाबाहिर उपचार गरेर मृत्यु हुनेको संख्या ८ जना रहेको र अझै महिला ६६४ र पुरुष ८६४ गरि जम्मा १५२८ जनाको रिपोर्ट आउन बाँकी रहेको अर्यालले बताए ।

हप्ता दिनसम्म पनि रिपोर्ट नआउँदा स्वाब संकलन गरेकाहरु तथा वरिपरिका बासिन्दाहरु चिन्तित भएका छन् । रिपोर्ट ढिलो आउनका कारण गोरखामा कोरोनाका बिरामीहरु बढेको स्थानीयले बताए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.