सर्वोच्च अदालतद्वारा प्रधानमन्त्रीको पुनः शपथ अस्वीकार

दोहोर्‍याएर मन्त्री बनाइएका चार जनालाई पदमुक्त गर्नुपर्ने मागसहिटको रिटमा पनि अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले प्रधानमन्त्रीको पुनः शपथ गर्नुपर्ने मागसहितको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

वैशाख ३१ गते प्रधानमन्त्रीको शपथग्रहण गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको शपथको व्यहोराअनुसार शपथ नलिई ‘त्यो पर्दैन’ भनेको भन्द्र चन्द्रकान्त ज्ञवालीसहित चार जनाले रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतले मंगलबार नै गैरसांसदका रूपमा एकपटक मात्रै मन्त्री हुन पाउने भए पनि पुनः दोहोर्‍याएर मन्त्री बनाइएका चार जनालाई पदमुक्त गर्नुपर्ने मागसहिटको रिटमा पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

गैरसांसदका रूपमा एकपटक मात्रै मन्त्री हुन पाउने भए पनि प्रधानमन्त्री ओलीले सात जना गैरसांसदलाई दोहोर्‍याएर मन्त्री बनाएको भन्दै पदमुक्त गर्न रिटमा माग गरिएको थियो ।

प्रधानमन्त्रीले सांसद नरहनुभएका गृह मन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री मन्त्री प्रभू साह, खानेपानी मन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरिशंकर चौधरी र युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई शपथ खुवाउनुभएको थियो ।

सर्वोच्चले दुवै निवेदनलाई अग्राधिकार दिँदै १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.