महतो जसपा संसदीय दलको नेता चयन

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतो रहेको पत्र संसद सचिवालयमा मंगलबार दर्ता भएको छ।
अध्यक्ष महन्थ ठाकुर संसदीय दलको बैठकले नेता चयन भएको पत्र दर्ता गराउनुभएको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि मंगलबार नै संसद सचिवालयलाई पत्र लेख्दै दलको नेता चयन भनेर सञ्चारमाध्यममा आएका प्रचार भ्रमपूर्ण रहेको र कसैले जानकारी दिएको भए त्यसलाई वैधानिकता नदिन ध्यानाकर्षण गराउनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्