एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं- नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ः०० बजे बैठक बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा सरकारले प्राप्त गर्ने विश्वासको मत, राष्ट्रियसभा सदस्य उपनिर्वाचनको समिक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

आन्तरिक विवादका कारण पछिल्लो समय आफ्नै सांसदहरु अनुपस्थित भएर संसदमा प्रधानमन्त्रीले विश्वासको मत गुमेपछि एमालेभित्र फेरि एकताको गृहकार्य जारी छ ।

यसका लागि प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालपक्षबाट ५/५ जना सदस्य रहने गरी कार्यदल बनाइएको छ ।

यो कार्यदलको बैठक एकपटक बसेको भएपनि कुनै ठोस निर्णय गरिसकेको छैन ।

त्यसो त आज जारी राष्ट्रिय सभाको उपनिर्वाचनमा समेत यो पार्टीको मत विभाजन हुने चर्चा चलिरहँदा कार्यदल र एमाले सिंङ्गैले साझा निर्णय गर्न सकेन ।

यी विविध विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएपनि माधव नेपाल पक्षीय स्थायी समितिका सदस्यहरुको सहभागिता भने अझै निश्चित भैसकेको छैन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.