बादललाई हराउँदै राष्ट्रिय सभामा देवकोटा निर्वाचित

काठमाडौं– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ ।
बिहीबार भएको उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई हराउँदै देवकोटा विजयी हुनुभएको हो । देवकोटाले ५ हजार ८८ मतभार पाउँदा बादलले ४ हजार १४ मतभार पाउनुभयो ।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।






प्रतिक्रिया राख्नुहोस्