अल्पमतको सरकारलाई अविश्वास प्रस्ताव ल्याउँछु भन्ने प्रश्नै उठ्दैनः वरिष्ठ अधिवक्ता मैनाली

काठमाडौं– वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले अल्पमतको सरकारलाई अविश्वास प्रस्ताव ल्याउँछु भन्ने प्रश्नै नउठ्ने बताउनुभएको छ ।

नेपाल टेलिभिजन समाचारसँग बिहीबार बिहान कुरा गर्दै मैनालीले दलहरुले अविश्वासको प्रस्ताव ल्याउने विषय नै नभएको बताउनुभयो । ‘अहिलेको केपी ओली सरकार अल्पमतमा छ, भनेको उसँग बहुमत छैन,’ उहाँले भन्नुभयो, ‘अविश्वास प्रस्ताव टुंगो लगाउने बहुमतले नै हो, बहुमत छ भने नयाँ सरकारका लागि बहुमतसिद्ध गर्‍यो भने स्वतः अहिलेको प्रधानमन्त्री पदमुक्त हुनुहुन्छ ।’

वर्तमान मन्त्रिपरिषद् कसैले बहुमतसिद्ध गर्न नसकेपछि संविधानको धारा ७६ (३) बमोजिम गठन भएको बताउँदै मैनालीले फेरि पनि आफूसँग बहुमत पुग्ने परिवेश निर्माण नभएकाले प्रधानमन्त्रीले नयाँ सरकार बनाउन राष्ट्रपतिलाई पत्र लेख्नुभएको उल्लेख गर्नुभयो । ‘उहाँको ३० दिनभित्र विश्वासको मत लिने दायित्व थियो तर परिवेसमा अन्तर छैन । विश्वासको मत लिनु र नलिनुमा अन्तर छैन । अगाडि जान्छु भन्ने चाहना नभएकाले विश्वासको मतमा उभ्याउनुभएन,’ मैनालीको भनाइ छ, ‘राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति आज साँझ ५ बजे सम्म प्रतिनिधि सभामा विश्‍वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न भन्नुभएको हो ।’

मैनालीले कुनै पनि दलले एक्लै वा मिलेर नयाँ सरकार पनि बनाउन नसक्ने भने चुनाव गर्नबाट कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो । ‘धारा ७६ (५) बमोजिम नयाँ सरकार सरकार बनाउन पनि नसक्ने भने चुनाव नै हुन्छ, मुलुक त्यत्तिकै बस्न सक्दैन,’ उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.