राष्ट्रपतिलाई एमाले र राजपाको पत्र, पार्टी निर्णयविपरीतका हस्ताक्षर मान्यता नदिन आग्रह

काठमाडौं– सत्तारुढ नेकपा एमाले र राष्ट्रिय जनता पार्टीले पार्टी निर्णयविपरीतका हस्ताक्षर मान्यता नदिन आग्रह गरेका छन् ।

राजपाको संस्थापन समूहले एमाले संसदीय दलका नेता एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेको छ । एमालेकै माधव नेपाल पक्षका २६ र राजपाको उपेन्द्र यादव समूहका १३ सांसदले नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका प्रत्यासी शेरबहादुर देउवालाई समर्थन गरेका छन् ।

एमालेका सांसदहरुको हस्ताक्षर दुरुपयोग भएकोले एमालेका कुनै पनि सांसदको नाममा विपक्षी दलले गरेको दाबीलाई मान्यता नदिन अध्यक्ष ओलीले पठाएको पत्रमा आग्रह गरिएको छ । हस्ताक्षर दुरुपयोगको छानबिन भइरहेको र कारवाहीको प्रक्रियामा रहेको जानकारी समेत दिइएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले जसपाका १२ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरलाई मान्यता नदिन राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.