प्रतिनिधि सभा विघटनविरुद्ध साझा धारणा तय गर्दै विपक्षी गठबन्धन

काठमाडौं– विपक्षी गठबन्धनले प्रतिनिधि सभा विघटनविरुद्ध साझा धारणा तय गर्ने भएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नेपाल समूह र जनमोर्चाले साझा धारणा बनाउनेबारे छलफल सुरु गरेका छन् । संयुक्त बैठक संसद भवन नयाँ बानेश्वरमा बस्दैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा शनिबार बिहान प्रतिनिधि सभा विघटन गर्दै अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्नुभएको छ ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दिनुभएको समयमा परेका दुवै दाबी खारेज गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.