लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन देउवाको आह्‍वान

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन आह्‍वान गर्नुभएको छ ।

प्रतिनिधि सभा विघटन भएको भोलिपल्ट शनिबार एक विज्ञप्ती जारी गर्दै सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन आहवान गर्नुभएको छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध राजनैतिक र न्यायिक लडाई लड्ने दृढ प्रतिवद्धता व्यक्त गर्दछु,’ उहाँको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसक्ने भन्दै राष्ट्रपतिले गरेको आह्वानको आधारमा आफूले प्रतिनिधि सभामा तत्काल कायम रहेका सदस्य संख्याको स्पष्ट बहुमत सहित १४९ जना सांसदहरुको हस्ताक्षर सहित प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गेको देउवाले बताउनुभएको छ । ‘संविधान बमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई इन्कार गर्नु भयो,’ उहाँले भन्नुभएको छ, ‘बरु एक पटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरी सकेका माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम गर्नुभयो ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.