संसद विघटनविरुद्ध राजनीतिक र कानूनी लडाइँ लड्ने विपक्षी गठबन्धनको भनाइ

काठमाडौं– विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध राजनीतिक र कानूनी लडाइँ लड्ने घोषणा गरेको छ ।

संसद विघटनविरुद्ध साझा रणनीति बनाउन संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले बदनियतपूर्वक प्रतिनिधि सभा विघटन गरेको भन्दै राजनीतिक र कानूनी लडाइँ लड्ने निर्णय गरेको हो । बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त बक्तव्य जारी गर्नुभएको छ ।

बक्तव्यमा प्रतिनिधि सभा विघटन गरेर मुलुकलाई अनिश्चयतर्फ धकेको उल्लेख गरिएको छ ।

बैठकपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटनविरुद्ध अदालत जाने र अदालतले पहिलेजस्तै संसद पुनःस्थापनाको फैसला गर्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.