अमेरिकामा ३८ प्रतिशत नागरिकले कोभिड १९ विरुद्धको खोपको दुवै मात्रा लगाए

 

अमेरिकामा हालसम्म ३८ प्रतिशत नागरिकले कोभिड १९ विरुद्धको खोपको दुवै मात्रा लगाएका छन् ।

४९ प्रतिशतले एक मात्रा खोप मात्र लगाएका छन् । हाल अमेरिकामा ३० हजार ७ सय ६३ जना अस्पतालमा कोरोना संक्रमितहरु भर्ना भएका छन भने भर्ना हुनेको संख्या २२ प्रतिशतले घटेको छ । कोरोनाबाट संक्रमण हुनेको संख्यामा बिगत दुई हप्तामा ३८ प्रतिशतले कमी आएको पनि अमेरिकी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट २७ हजार १९१ जना संक्रमित भएका छन् । यो अवधिमा कोरोना भाइरस सङ्क्रमित ५८९ जनाको मृत्यु भएको छ । पछिल्लो दुई हप्तामा १४ प्रतिशतले मृत्यु संख्या पनि घटेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.