एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं– नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री भट्टले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।

सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् ।

५३ सदस्यीय प्रदेश सभामा माओवादीका सांसद झपट बोहोरा निष्कासन भएपछि ५२ सदस्यीय छ। बहुमतका लागि २७ सांसद चाहिन्छन् । एमालेका २५ जना सांसद छन् । माओवादी केन्द्रसँग १३ जना सांसद छन् । नेपाली कांग्रेसका सांसद १२ जना छन्। जनता समाजवादी पार्टी (जसपा) का २ जना सांसद छन् । जसपाका दुवै सांसद महन्थ ठाकुर पक्षका छन् । एमाले एक ढिक्का हुने हो भने एमाले–जसपाको बहुमत पुग्छ । तर, एमालेको माधव नेपाल समूह अलग हुने हो भने समीकरणमा फेरबदल हुन सक्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.