घरको टेवा पर्खाल लगाउने क्रममा पुरिएर २ जनाको मृत्यु

गोरखा- जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक कुमार गुरुङको घरमा टेवा पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको ज्यान गएको छ ।

सिरानचोक गाउँपालिका–१ माथिल्लो भिरसिङ स्थित गुरुङको घर पछाडी टेवा पर्खाल निर्माणका लागी जग खन्ने क्रममा सोमवार माटोको ढिस्कोले पुरिएर उनीहरुको ज्यान गएको हो ।

मृत्यु हुनेमा ४८ बर्षीय काले गुरुङ र ३५ बर्षीय भिम बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु दुवै सोही ठाउँका स्थानीय हुन् ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.