उपत्यकामा निषेधाज्ञ थप्ने सम्बन्धमा प्रमुख जिल्ला अधिकारीहरुको बैठक

काठमाडौं- काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक अहिले जारी छ ।

उपत्यकाभित्र निषेधाज्ञा थप गर्ने र अबको निषेधाज्ञा अहिलेको भन्दा कडाइ गर्ने विषयमा बैठकमा छलफल भइरहेको भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

पछिल्लो समय कोरोनाको सङ्क्रमणको दर अपेक्षित रुपमा नघटेपछि जारी निषेधाज्ञालाई कडाइ गर्न लागिएको हो ।

निषेधाज्ञामा सरकारले जारी गरेको कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेशमा गरिएका व्यवस्थालाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने प्रजिअ भट्टराईले बताउनुभएको छ ।

उपत्यकामा कोभिड-१९ को दोश्रो लहर फैलिएपछि लगाइएको निषेधाज्ञको अबधि एक महिना पुगेको छ ।

यो अबधिमा सबैभन्दा धेरै संक्रमित उपत्यकाभित्रै थपिएका छन भने अझैँ सक्रमण नियन्त्रणमा आइनसकेको विज्ञहरुले बताएका छन । त्यसैले उपत्यकाभित्र निषेधाज्ञको अबधि थप्ने निश्चित जस्तै छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.