काभ्रेको भुम्लुमा विपन्न परिवारलाई राहत वितरण

काभ्रे-जिल्लाको विकट भुम्लु गाउँपालिकाको वडा नं २ र ३ मा कोरोना महामारीको कारण रोजगारी, आम्दानी गुमाएका विपन्न परिवारलाई राहतस्वरुप खाद्यान वितरण गरिएको छ ।

नेपाली कांग्रेस तरुण विभाग बाग्मती प्रदेशको उप–संयोजक तथा नेपाल तरुण दल काभ्रेका सभापति दावा लामाले दुवै वडाका ३ सय ५० विपन्न परिवारलाई चामल, नुन, तेल लगायतका खाद्यान वितरण गरेका हुन् ।

स्थानीय समेत रहेका उनले गतबर्ष कोरोना संक्रमणका कारण गरिएको लकडाउनको समयमा न्यून आय भएका परिवारलाई राहत सामाग्री वितरण गरेका थिए ।

स्थानीयले लामाले गरेको सहयोगप्रति आभार प्रकट गर्दै खुशी व्यक्त गरे ।

सभापति लामाले आफ्नो अभियानमा विभिन्न व्यक्तिहरुले सहयोग गरेको भन्दै भुम्लु गाउँपालिकाका सबै वडा र जिल्लाका विभिन्न स्थानमा आवस्यकताका आधारमा वितरण गर्ने बताए ।

सोही समयमा माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री समेत वितरण गरिएको थियो । लामाले जिल्लाका विभिन्न स्थानमा यस्तो सहयोग गर्दै आएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.