अविरल वर्षाका कारण कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुल डुबानमा

पाल्पा- तीन दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि निर्माणाधीन पुलमा क्षति पुगेको छ ।

वर्षाले पाल्पाको रामपुर वडा नं.१, र तनहुँको घिरिङ १, पुट्टार जोड्ने निर्माणाधिन कालीगण्डकी पुलमा क्षति गरेको हो ।

नदीमा पानीको बहाव बढेपछि निर्माणाधीन मोटरेवल पुल डुबानमा परेको छ । पुलको बीचभागमा रहेको तेस्रो नम्बर पिल्लरको काम भइरहेको थियो । अहिले सो पिल्लर पानीले ढुवाएको स्थानीयले बताएका छन् ।

निर्माण कम्पनी युनाइटेड विल्डर्स काठमाडौका इन्जिनियर यादव बस्यालले पुल निर्माणमा प्रयोग भएको डोजर, पानी तान्ने पम्प, सिमेन्ट, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री समेत पानीले डुबाएको बताए । नदीमा अझै पानीको बहाब बढे यी सामग्री समेत बगाउने निर्माण पक्षले जनाएको छ ।

२१० मिटर लम्बाई रहेको मोटरेबल पुल आर्थिक वर्ष २०७७।०७८ मा सम्पन्न गर्ने गरी काम अघि बढेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.