२४ घण्टामा ४३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं- नेपालमा पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा कमी आएको छ । त्यस्तै मृत्युदर घट्दै गएको स्वास्थ्य मन्त्रालयले सार्बजनिक गरेको तथ्याङकमा उल्लेख छ । काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ३७७ रहेको छ ।

पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या र मृत्युदर घट्दै गएको छ । पाँच दिनअघि सङ्क्रमितको सङ्ख्या ६ हजार ७ सय ४१ रहेकामा आज सो सङ्ख्या घटेर ४ हजार ३ सय ६९ रहेको छ । यस्तै पाँच दिनअघि कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ सय ४५ रहेकामा आज सो सङ्ख्या घटेर १०९ पुगेको छ ।

यही जेठ १ गते कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार १ सय ६७ रहेको थियो भने कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ सय ८७ थियो । जेठ ३ गते नेपालमा हालसम्मकै बढी ९ हजार २ सय ४७ जना कोरोनाबाट सङ्क्रमित भएका थिए । सो दिन कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या भने २ सय १४ रहेको थियो । जेठ ५ गते कोरोनाबाट नेपालमा कोरोनाबाट हालसम्मकै बढी २ सय ४६ जनाको मृत्यु भएको थियो । त्यसयता मृत्युदर भने लगातार घट्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

आज ४ हजार ३ सय ६९ जनामा संक्रमण फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १० हजार ९ सय ८६ पीसीआर र १ हजार ७ सय ८४ एन्टिजेन परीक्षण गर्दा ४ हजार ३ सय ६९ जनामा संकरमण भेटिएको हो । आज ६ हजार २ सय ५ जना संकरमणमुक्त भएका छन् । हाल १ लाख ८ हजार ८ सय ९७ जना सक्रिय संकरमित रहेका पनि मन्तरालयले जनाएको छ । आज १ सय ९ जनाको मृत्यु भएको र कूल मृतकसंख्या ७ हजार २ सय ७२ पुगेको मन्तरालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभयो ।

हाल देशभर एक लाख आठ हजार ८९७ सक्रिय सङ्क्रमित रहेका छन् । काठमाडौँ उपत्यकामा पनि पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । यही जेठ ९ गते उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ८ सय २१ रहेकामा आज सो सङ्ख्या घटेर एक हजार ९३ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ८०४, ललितपुरमा १६८ तथा भक्तपुरमा ११३ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ३७७ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.