विश्वमा हरेक ८ सेकेन्डमा सुर्ती खाने एक जनाको ज्यान जाने गरेको तथ्याङ्क

काठमाडौँ- आज विश्व ‘धुम्रपान तथा सुर्तीरहित’ दिवस नेपालमा पनि मनाइँदैछ ।

धुम्रपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्धेश्यले विश्व स्वास्थ्य संगठनको अह्वानमा मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

विश्वमा हरेक ८ सेकेन्डमा सुर्ती खाने एक जनाको ज्यान जाने गरेको पाइन्छ ।

चुरोट सुर्तीले, खानेलाई मात्र नभएर यसको आसपासमा बस्नेलाई पनि असर गर्ने चिकित्सकहरको भनाई छ । धुम्रपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको पाइएको छ ।

गर्भवती भएका बेला सूर्ती तथा चुरोट खाँदा पेटमा भएको बच्चाको कलेजो बिगार्ने अनुसन्धानकर्ताले बताएका छन् ।

नेपालमा गर्भवती र १८ वर्ष नपुगेका व्यक्तिलाई सुर्तिजन्य पदार्थ खरीद तथा बिक्री गर्न नपाउने कानूनी प्रावधान रहेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.