राष्ट्रिय सभा उपनिर्वाचनः कांग्रेसका पाण्डेय निर्वाचित

काठमाडौं– लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनु भएको छ । उहाँले प्रतिद्वन्द्वीलाई ५ सय २८ मतभारले पछि पार्दै विजयी हुनु भएको हो ।

पाण्डेयले ४ हजार १ सय ४० मतभार प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्काले ३ हजार ६ सय १२ मतभार प्राप्त गर्नु भएको छ । प्रदेशसभातर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ ।

पाण्डेयलाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सहयोग गरेको थियो ।

लुम्बिनी प्रदेश सभामा एमालेबाट निर्वाचित हुनुभएका पाण्डेयले गत वैशाख १९ गते राजीनामा दिनुभएको थियो । उहाँ २०७४ सालको निर्वाचनअघिमात्रै कांग्रेसबाट एमाले प्रवेश गर्नुभएको थियो ।

माओवादी केन्द्रबाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि राष्ट्रिय सभामा एक पद रिक्त भएको थियो ।

उपनिर्वाचनमा कूल ३ सय मतदाता रहकोमा २ सय ९७ जनाले मतदान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.