संबैधानिक इजलासमा वरिष्ठताका आधारमा न्यायाधीश राख्न प्रधानन्यायाधीश र सर्वोच्च बारबीच सहमति
काठमाडौँ- संबैधानिक इजलासमा वरिष्ठताका आधारमा न्यायाधीशहरू राख्न नियममा नै संशोधन गरिने भएको छ ।
प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जवरा र सर्बोच्च बारका पदाधिकारीबीच आज नियम संशोधन गर्ने सहमति जुटेको हो ।
संवैधानिक इजलासमा छनोट भएका न्यायाधीशका विषयमा विभिन्न टिप्पणी भएपछि आज सर्वोच्च अदलातका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा र सर्वोच्च बारका पदाधिकारीहरूबीच बैठक बसेको थियो ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीश तोक्ने विषयमा नियममा परिवर्तन गर्ने सहमति भएको जानकारी दिनुभयो ।
उहाँले संवैधानिक इजलासमा वरिष्ठताका आधारमा न्यायाधीश तोक्ने र यसरी तोक्दा कुनै न्यायाधीशको कन्फ्लिक्ट अफ इन्ट्रेस्ट वा स्वास्थ्यका कारण आफू बस्न नसक्ने भए कारण उल्लेख गरी त्यसपछिको वरिष्ठतामा रहेका न्यायाधीशलाई तोक्ने सहमति भएको बताउनुभयो ।
श्रेष्ठले यसका लागि सर्वोच्चको पूर्ण इजलासबाट पास गरी एक हप्ता भित्रै सो नियम परिवर्तन गर्ने सहमति भएको बताउनुभयो ।।
प्रतिक्रिया राख्नुहोस्