कोरोना संक्रमण स्थिर, मृत्युदर भने घट्यो

२४ घण्टामा २० हजार १ सय ६५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८ हजार ८५ जनामा संक्रमण पुष्टि

काठमाडौं– कोरोना भाइरस संक्रमण स्थिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । परीक्षण घट्दा कमी आएको संक्रमण आज भने केही वृद्धि भएको छ ।

गएको २४ घण्टामा २० हजार १ सय ६५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८ हजार ८५ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ६ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर पनि बढेर ८० दशमलव २ प्रतिशत पुगेको छ ।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा ६८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संख्या ७ हजार ४ सय ७४ पुगेको छ ।

काठमाडौंमा १०६०, भक्तपुरमा २१५ र ललितपुरमा २८३ जना गरी उपत्यकामा १५५८ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.