उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप, किराना पसलहरु बिहान ९ बजेसम्म खोल्ने पाइने

काठमाडौं– उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । पछिल्लो समय थप गरिएको निषेधाज्ञा २० गते मध्यरातसम्म जारी छ ।

जेठ २१ गतेदेखि थप गरिएको निषेधाज्ञामा किराना पसलहरु बिहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । त्यस्तै तरकारी, फलफूल, दुध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु र डिपार्टमेन्टल स्टोर पनि बिहान ९ बजेसम्म खोल्न पाइने छ । त्यस्तै निर्माण कार्यका लागि ढुवानी हुने सवारी साधनलाई राति सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ ।

वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुका लागि कुटनैतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रकृयामा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने निर्णय भएको पराजुलीले बताउनुभयो । निषेधाज्ञामा अन्य क्षेत्र भने यसअघिकै व्यवस्था अनुसार नै बन्द रहने उहाँले जानकारी दिनुभयो । यसैगरी मोटर गाडी लगायत पाटपूर्जा बनाउने वर्कसपहरु पनि विहान ९ बजेसम्म खोल्न दिइने भएको छ । उपत्यका लगाइको निषेधाज्ञाकै कारण कोरोना संक्रमित घटेको भन्दै उहाँले निषेधाज्ञालाई पूर्ण रुपमा कार्यान्वयन गराइएने धारणा राख्नुभयो ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले आदेशको अवज्ञा गर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०५८ अनुसार कारवाही हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.