डेनमार्कले नेपाललाई १४ लाख डोज खोप दिने

काठमाडौं– डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने भएको छ ।

डेनिस सरकारले युनिसेफमार्फत एस्ट्राजेनिका १४ लाख डोज खोप दिने पत्र पठाएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीले जानकारी दिनुभयो ।

खोप कहिले पठाउने भन्ने यकिन नभएको तिंकरीको भनाइ छ । एस्ट्राजेनिका खोप कोभिशिल्ड लगाएकाहरुलाई पनि लगाउन मिल्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.