संवैधानिक इजलास आजको लागि स्थगित
काठमाडौँ- प्रतिनिधिसभा विघटनका विषयमा सर्वोच्च अदालतमा परेका रिट माथिको सुनुवाइ आज स्थगित भएको छ ।
हिजोदेखि शुरु भएको सुनुवाइ हेर्दाहेर्दैमा राखी आजका लागि सुनुवाइ तोकिएकोमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अस्वस्थ्य हुनुभएकोले स्थगित गरिएको हो ।
सर्बोच्चले आज प्रकाशित गरेको ‘कज लिस्ट’ मा संबैधानिक इजलासको सूचि सार्वजनिक गरेको छैन ।
हिजो पनि प्रधानमन्त्रीका कानून व्यवसायीहरुले संबैधानिक इजलास गठनको विषयमा विवाद निकालेपछि विषयबस्तुमा इजलास प्रवेश गर्न पाएको थिएन ।
पूनर्गठित संबैधानिक इजलासमा प्रधानन्यायाधिश राणासहित दीपक कुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहनुभएको छ ।।
प्रतिक्रिया राख्नुहोस्