दुध बिक्री नभएपछि गाईभैंसीलाई नै खुवाउनुपर्ने बाध्यतामा किसान
कास्की- लकडाउनको कारण दुध बिक्री नभएपछि कास्कीको अन्नपूर्ण गाउँपालिकाका किसानहरु दुध नै बस्तुभाउलाई आहाराको रुपमा खुवाउन बाध्य भएका छन् ।
मुख्य बजार क्षेत्र पोखरा बन्द भएसँगै दुध बिक्री गर्न नपाएर किसानहरु समस्यमा परेका हुन ।
यतिवेला दुध, पनिर तथा दहीको माग निकै कम भएपछि कहिलेकाही आफुहरुले गाईबस्तुलाई नै दुध खुवाउँदै आएको अन्नपूर्ण-३, मराउँचेका किसान बलराम पौडेलले वताउनु भयो ।
दाना महङगिएपछि दानाको सट्टा पानीमा मिसाएर दुध नै खुवाउँदै आएको पौडेलले बताउनुभयो ।
यो गाउँपालिकामा नागडाँडा दुग्ध उत्पादक सहकारी संस्था लगायतले दुध संकलन गरी बिक्रीवितरण गर्दै आएकोमा अहिले हप्तामा २ देखि ३ दिन संकलन कार्य बन्द गरिएको छ ।
लकडाउनले बजार व्यवस्थापन गर्न नसक्दा दुध संकलन रोक्नु परेको सहकारीले जनाएको छ।
त्यहाँ रहेको करिव २ सय कृषि फार्मवाट दैनिक सरदर पाँच हजार लिटर दुध संकलन हुँदै आएको थियो ।।
प्रतिक्रिया राख्नुहोस्