प्रदेश २ : प्रदेश सभा बैठकमा विपक्षी अवरोध

जेठ २७ गते गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने

जनकपुर– प्रदेश सरकारले सांसदहरुलाई जानकारी नै नदिइ पालिकाहरूमा सशर्त अनुदानको पठाएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् ।

मंगलबार बैठक सुरु भएलगत्तै तीनै दलका सांसदहरूले उभिएर विरोध जनाएका थिए । सभामुख सरोज यादवले बोल्न समय दिएपछि आफ्ना धारणा राख्दै एमाले सांसद सुन्दरबहादुर विश्वकर्माले प्रदेश सरकारले गलत नियतले पालिकाहरूमा सशर्त अनुदानको रकम पठाएको आरोप लगाउनुभयो ।

सरकारको निर्णयविरुद्ध विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक ठाउँमा उभिएका छन् । एमाले संसदीय दलका नेता शत्रुधन महतोले मुख्यमन्त्री राउत आएर प्रदेशसभामा जवाफ नदिएसम्म बैठक चल्न नदिने बताउनुभयो ।

जेठ २७ गते गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते प्रदेशसभामा विश्वासको मत लिनु हुने भएको छ ।

प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका गुरुङले जेठ २७ गते प्रदेशसभामा विश्वासको मत लिनु प्रदेशसभा सचिवालयलाई आज पत्रमार्फत जानकारी गराउनुभएको छ ।

संविधानअनुसार ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.