अन्सारीको पहलमा वीरगन्जमा २ सय परिवारलाई ह्यान्डपम्प
पर्सा– मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको पहलमा वीरगन्जमा २ सय परिवारलाई ह्यान्ड पम्प वितरण गरिएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगन्नाथपुरका २ सय परिवारलाई ह्यान्ड पम्प विरण गरिएको अन्सारीको निजी सचिवालयले जनाएको छ ।
आयोगका अध्यक्ष अन्सारीसहित पर्साका प्रमुख जिल्ला पिताम्बर घिमिरे तथा वडाध्इक्ष ग्यासुद्दिन मियाँले ह्यान्ड पम्प वितरण कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।
आयोगका अध्यक्ष अन्सारीको पहलमा माडवी संस्थाले ह्यान्ड पम्प वितरणका लागि करिव ५० लाख रुपैयाँ खर्च गरेको संस्थाका अध्यक्ष अञ्जु झाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्