दशहरामा सुनसान गोसाइँकुण्ड (फोटो फिचरसहित)

रसुवा– रसुवाको पवित्र तिर्थस्थल गोसाइँकुण्डमा लाग्ने गंगा दशहरा मेला यस वर्ष पनि प्रभावित भएको छ ।

दशमीसम्म लाग्ने यो मेलामा भक्तजनहरु ज्येष्ठ शुक्लपक्ष प्रतिपदाबाट दशमी सम्म गोसाइँकुण्डमा स्नान गर्न हजारौंको संख्यामा वर्षेनि आउने गरेकोमा यस वर्ष पनि कोभिड १९ को दोस्रो भेरियन्टका कारण चहलपहल शून्य रहेको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार कोरोना भाइरसका कारण मानिसहरुको आवतजावत नहुने हुँदा पुजारीद्वारा विधि अनुसार विशेष पूजा मात्र गरिएको छ ।

पौराणिक कथन अनुसार परापूर्व कालमा देवता र दानव विच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरि विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाइँबाबा भगवान शिव शंकरले आफ्नो हातमा भएको त्रिशुलले भितामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशुल धाराको उत्पति भई त्रिशुल धाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने जनविश्वास छ ।

कुण्डमा स्नान गरि गोसाइँबाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफुले चित्ताएको सवै मनोकांक्षाहरु पूरा हुने जनविश्वासका साथ वर्षेनि हजारौं हजार भक्तजनहरु कुण्डमा स्नान गर्न आउने गर्दथे । मेलाको समयमा भरी भराउ हुने सदरमुकामका धुन्चे, चन्दनबारी, लौरिबबिनाका तथा गोसाइँकुण्डका होटलहरु अहिले सुनसान छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.