सभामुखको आह्वानमा बानेश्वरमा सर्वदलीय बैठक
काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाको आयोजनामा संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक भएको छ ।
प्रतिनिधि सभा विघटनपछिको परिस्थितिबारे छलफल गर्न सभामुख सापकोटाले बैठक बोलाउनुभएको थियो । बैठकमा एमालेको संस्थापन पक्ष अनुपस्थित रहेको थियो ।
प्रमुख दलका नेता र पूर्वप्रधानमन्त्रीलाई बोलाइएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायतको उपस्थिति थियो ।
बैठकमा विघटनपछिको रणनीति, संसदले खेल्नुपर्ने भूमिकालगायतका विषयमा कुरा भएको पूर्वप्रधानमन्त्री भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्