मुख्यमन्त्रीले लिनुभयो शपथ, चार सदस्यीय मन्त्रिमण्डल गठन
पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
मुख्यमन्त्रीले शनिबार नै मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । सरकारमा कांग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधुमाया अधिकारी, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्रीको शपथ लिनुभएको छ । उहाँहरुको मन्त्रालय भने तोकिएको छैन ।
प्रतिक्रिया राख्नुहोस्