भालुपहाडमा पहिरोः अबरुद्ध सिद्धार्थ राजमार्ग एकातर्फ खुल्यो
स्याङ्जा- स्याङ्जाको भालुपहाडमा गएको पहिरोको कारण अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुलेको छ ।
गएरातीदेखि आएको अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकको कारण फेदीखोला २ को भालुपहाडमा पहिरो गएको थियो ।
दुवैतर्फ सवारी साधन सुचारु हुन केही समय लाग्ने प्रहरीले जनाएको छ । राति २ बजे ठुलो चट्टान सहित पहिरो खसेको थियो । सडक डिभिजन पोखराबाट ल्याइएको डोजर, प्रहरी र स्थानीयवासीको सक्रियतामा राजमार्ग एकतर्फी खुलाइएको हो ।
सडक खुलाउन पोखराबाट डोजर बोलाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।
पछिल्लो समय सडक चौडा बनाउन राजमार्गको विभिन्न स्थानमा सडक खनिएको कारण राजमार्गमा यात्रा गर्न निकै जोखिम हुन थालेको छ । राजमार्ग अन्तर्गत बुटवल पोखरा सडकखण्डमा स्याङ्जा भित्र मात्र दर्जन भन्दा बढी स्थानमा पहिरोको जोखिम बढेको छ ।-
प्रतिक्रिया राख्नुहोस्