उपत्यकाको निषेधाज्ञा एक साता थप गर्ने तयारी
काठमाडौं– उपत्यकाको निषेधाज्ञा एक साता थप गर्ने तयारी भएको छ ।
निषेधाज्ञा थप लगायतका निर्णय गर्न आज प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ । यसअघि प्रशासनले जारी गरेको निषेधाज्ञा सोमबार सकिँदै छ ।
उपत्यकाको निषेधाज्ञालाई केही खुकुलो बनाउने भन्नेबारे छलफल सुरु भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार केही पसलहरुलाई समय तोकेर खुलाउने भन्नेबारे छलफल भए पनि बैठकबाटै निर्णय लिइनेछ ।
प्रतिक्रिया राख्नुहोस्