इजरायली प्रधानमन्त्री नेतान्याहू १२ बर्षपछि सत्ताबाट बाहिरिए

काठमाडौँ- इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू १२ वर्षपछि सत्ताबाट बाहिरिनु भएको छ ।

संसदमा भएको मतदानमा गठबन्धन सरकारका पक्षमा बढी मत खसेपछि उहाँ सत्ताबाट बाहिरिनु भएको हो ।

प्रजातन्त्रवादी समूहका नाफताली बेनेटले आगामी सरकारको नेतृत्व गर्नुहुने भएको छ । विपक्षी गठनबन्धनका तर्फबाट १ मत अन्तरले बेनेट प्रधानमन्त्रीका लागि सिफारिस हुनु भएको हो ।

संसदमा भएको मतदानमा नेतान्याहुको पक्षमा ५९ र विपक्षी गठनबन्धनले ६० मत प्राप्त गरेको हो ।

विपक्षी गठबन्धनका बेनेट सन् २०२३ सेप्टेम्बरसम्म प्रधानमन्त्री रहने सत्ता साझेदारबीच सम्झौता भएको छ ।

सन् २०२३ पछि बाँकी २ वर्ष सरकार चलाउन अर्का नेता एयर लापिदलाई हस्तान्तरण गर्नुपर्ने गठनबन्धनको तयारी रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.