रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडक वर्षायामभर सञ्चालनमा नआउने

रसुवा– चीन सँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ स्याफ्रुबेँसी सडक वर्षायाम भर सञ्चालन नहुने भएको छ ।

मैलुङ देखि स्याफ्रुबेँसी सम्मका विभिन्न स्थानमा वर्षाका समयमा पहिरो जाने तथा ठुला ढुङगाहरु खस्ने, खोलामा कज्वे समेत नभएको र जोखिम बढी हुने भएकाले सो सडकमा अबको तीन महिना यातायात सञ्चालनमा नल्याउने जानकारी गल्छी–त्रिशूली मैलुङ स्याफ्रुबेँसी रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले दिनु भयो ।

सडकको ट्रयाक खोली स्तरउन्नोती सँगैे निर्माणको क्रममा रहेको उक्त सडकको जोखियुक्त स्थानहरुमा निमार्णको काम बर्षा यामभर नगरिनुका साथै यातायात समेत सञ्चालन नगरिने भएको हो ।

स्याफ्रु बाट धुन्चे, कालिकास्थान हुँदै वेत्रावती पुग्ने सडक भन्दा स्याफ्रुबाट मैलुङ हुँदै वेत्रावती निस्कन छोटोदुरी हुँदा पेट्रोलियम पदार्थको खपत कम हुने र छिट्टै गन्तव्यमा पुगिने हुँदा चीन बाट ल्याईएका समाग्रीको ढुवानी गर्ने कन्टेनर चालकहरू यो सडक प्रयोग गर्दै आएका छन् ।

राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड नेपाली सेनाले निर्माण गरेको डबल लेनको सडक हो । सो सडक खण्डको लम्बाइ १७ किलोमिटर रहेको छ । नेपाली सेनाले निर्माण गरेको यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो रहे्को छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.